बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी, अब ५ मिनेट मै खाता

सोमबार, १८ असोज २०७८, १५ : २८
सोमबार, १८ असोज २०७८

काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी शुरु गरेको छ । जुन एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना हो ।

एनएमबिले शुरु गरेको एआईमा आधारित भिडियो केवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो प्रयोग हो ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नया खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पुरा/अपडेट गर्न सक्दछन् ।

एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरुवात गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप