सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

सोमबार, १८ असोज २०७८, १२ : १०
सोमबार, १८ असोज २०७८

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

योसँगै बैंकले यसपटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने नगद लाभांशतर्फ कुल ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ चर्चिनेछ । लाभांश भने नियामक राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ । गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप