ड्रग्सदेखि बम बिस्फोटसम्म, यस्ता अभियोगमा मुछिएका थिए बलिउडकर्मी
क्रुज पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान यतिबेला प्रहरी हिरासतमा छन् । प्रहरीले मुम्बई चलिरहेको क्रुज पार्टीमा छापा मार्दा आर्यनसहित १३ जनालाई पक्राउ गरेको थियो, सहभागीहरूबाट प्रहरीले ड्रग्स र कोकिन बरामद गरेको छ । यद्यपी, आर्यनबाट ड्रग्स बरामद भएको छैन । तर, उनले प्रहरी सोधपुछका क्रममा ड्रग्स लिने गरेको स्विकारेका छन् । बलिउडमा विवादको घेरामा तानिएका आर्यन एक्लो सेलिब्रेटी होइनन । कहिले अन्डरवर्ल्ड, कहिले यौन हिंसा त कहिले ड्रग्स प्रकरणले बलिउडलाई तरंगित गरिरहन्छ ।
ग्याङस्टार फिल्ममा निभाएको मुख्य भूमिकाले साइनी अहुजालाई एकाएक स्टार बनाएको थियो । तर, २०११ मा उनी बलात्कारको अभियोगमा फसे । उनीविरुद्ध आफ्नै घरमा काम गर्ने महिलाले बलात्कारको उजूरी दिइन् । त्यसपछि अहुजाले करियरमा राम्रो कमब्याक गर्न सकेनन् ।
विजयराज बलिउडका उत्कृष्ट अभिनेता, कमेडियन तथा निर्देशक हुन् । यी अभिनेता २००५ मा ‘दिवाने हुए पागल’ फिल्मको सुटिङका दौरान ड्रग्ससहित अबुदाबीबाट पक्राउ परेका थिए । २०१४ मा प्रहरीले देह व्यापारको जालो पत्ता लगाएर धेरै महिलालाई पक्राउ परेको थियो । पक्राउ पर्नेमा अभिनेत्री स्वेता बासुप्रसाद पनि थिइन् । उनलाई प्रहरीले रिहाब पठायो, अहिले यी अभिनेत्री आफ्नो करियरमै केन्द्रीत छिन् ।
अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँगको प्रेम सम्बन्धका कारण अभिनेत्री मन्दाकिनी निकै चर्चामा आएकी थिइन् । यो सम्बन्ध पुष्टि हुनेगरी फोटोहरु सार्वजनिक भएपछि उनले फिल्म उद्योग नै छाडिन् । चर्चित टिभी अभिनेता अमन वार्मा एकपटक स्टिंग अपरेशनमा रंगेहात समातिएका थिए । उनले एक युवतीसामु फिल्म उद्योगमा काम लगाइदिएबापत यौन सम्बन्ध बनाउन पाउनुपर्ने प्रस्ताव राखेका थिए ।
२००५ मा चर्चित अभिनेता शक्ति कपुर पनि यस्तै महिलामा स्टिंग अपरेशनमा परेका थिए । उनले एक महिला रिपोर्टरलाई फिल्ममा काम लगाइदिने भन्दै यौन सम्बन्धको प्रस्ताव राखेका थिए । मुम्बई प्रहरीले केही समयअघि मात्रै पोर्न फिल्म बनाएको अभियोगमा शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई पक्राउ गरेको थियो ।
२००१ मा कोकिन किन्दै गरेको अवस्थामा फरदिन खान समातिएका थिए । उनलाई प्रहरीले मुम्बईको जुहु इलाकाबाट समातेको थियो । १९९३ को मुम्बई बम विस्फोटमा संलग्न भएको भन्दै सञ्जय दत्तलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो । उनको साथबाट एके ५६ राइफल पनि बरामद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशी मन्त्रिपरिषद्बाट १३ वटा निर्णय
-
मिसिङ : केटी हराएको सूचना’को आज प्रिमियर, तस्बिरहरू
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा