ललिता निवास प्रकरण : माधव र बाबुरामविरुद्धको मुद्दा प्रधानन्यायाधीश र सुवेदीको वेञ्चमा
सोमबार, १८ असोज २०७८, ११ : ५१
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाएको भन्दै परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई हुदैछ ।
बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीले सुनुवाइ गर्ने भएका छन् ।
ललिता निवास प्रकरणमा अख्तियारले नेपाल र भट्टराईलाई मुद्दा नचलाएपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । २०७६ माघ २९ मा दर्ता भएको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिएको थियो ।
निवेदन बमोजिम सर्वोच्चबाट रिट जारी भएमा अख्तियारले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल र भट्टराईमाथि अनुसन्धान गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण