पूर्वफिफा रेफ्री लब खत्रीको निधन
सोमबार, १८ असोज २०७८, ११ : ४८

पूर्व फिफा रेफ्री तथा रेफ्री एशोसियसनका महासचिव लब खत्रीको निधन भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार ५० वर्षको उमेरमा सोमबार खत्रीको निधन भएको हो । आफ्नो निवासस्थित बाथरुममा ढलेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो । जहाँ, उनलाई मृत घोषणा गरियो । २०१८ मा खत्रीले रेफ्री करियरबाट सन्यास लिएका थिए । उनी रेफ्री इन्स्ट्रक्टरका रुपमा सक्रिय थिए । उनका एक छोरा र श्रीमती छन् ।
अन्तिम श्रद्धाञ्जलीका लागि खत्रीको शरीर एन्फा परिसरमा राखिने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत