सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशले भने– सरकारसँग कोटा मागेको कुरा झुटो हो
सोमबार, १८ असोज २०७८, ११ : ४४
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग आफूले कोटा मागेको कुरा पूर्णतया झुटो रहेको बताएका छन् । सोमबार सर्वोच्च बारका पदाधिकारीहरूसँगको भेटमा उनले यस्ता हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।
प्रधानन्यायाधीश राणाले सरकारमा कोटा मागेको चर्चा चलेपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेका थिए ।
छलफलमा सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश समक्ष सरकारसँग कोटा माग गरिएको विषय प्रकाशमा आएको भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिएको सर्वोच्च बारका एक पदाधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण