बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

केराउ, सुपारी, छोकडा र मरिचको आयातमा रोक

सोमबार, १८ असोज २०७८, ११ : ४१
सोमबार, १८ असोज २०७८

सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले सूचना निकाल्दै यी वस्तुको आयातमा रोक लगाइएको बताएको हो । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म सिपमेन्ट भइसकेका माथि उल्लेखित वस्तु आयात गर्न मिल्ने छ । तर, असार मसान्तभित्र सिपमेन्ट नभएका, एलसी नखोलिएको अवस्थामा आयात गर्न दिइनेछैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोध तथा २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम आयातमा रोक लगाएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप