उच्च अदालतले जनकपुर बमकाण्डका अभियुक्त सञ्जय साहको कैद घटायो
जनकपुर बम काण्ड मुद्दामा मुख्य योजनाकार भनिएका संजय साह (टकला)को जन्मकैदको फैसला उच्च अदालतले उल्ट्याएको छ । धनुषा जिल्ला अदालतले सञ्जय साहलाई सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालत जनकपुरले ७ वर्षको मात्र सजाय हुने फैसला गरेको हो ।
धनुषा अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले ७ वर्ष सजायको फैसला गरेको हो ।
उच्च अदालतका राजिष्ट्रार खड्कराज अधिकारीले उनीमाथि सात वर्षको सजाय हुने फैसला भएको बताए । साहमाथि रहेको अर्को कर्तव्य ज्यान मुद्दामा षडयन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ। तर सो मुद्दामा फैसला आइसकेको छैन । यो मुद्दामा अगामी कार्तिक १५ मा बहस हुने रजिष्ट्रार अधिकारीले बताए ।
०६९ साल वैशाख १८ मा मिथिला राज्यको माग गर्दै जनकपुरधाम स्थित पुर्व-पश्चिम राजमार्ग अवस्थित रामानन्द चोकमा धर्नामा बसिरहेका आन्दोलनकारीलाई लक्षित गरी मोटरसाइकलमा टाइमबम विष्फोट गराइएको थियो । सो बम बिष्फोटनमा परि पाँच जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए ।
सो घटनाको मुख्य योजनाकारको अभियोगमा साहलाई जन्मकैदको फैसला धनुषा जिल्ला अदालतले दिएको थियो । त्यस्तै अभियुक्त साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्यामा समेत संलग्न रहेको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण