आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

१८ महिनापछि खुलेको बेलहिया नाकामा चहलपहल (तस्बिरहरु)

सोमबार, १८ असोज २०७८, ११ : २०
सोमबार, १८ असोज २०७८

१८ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमा नाका बेलहिया खुला भएको छ । नाका खुला भएसँगै यहाँबाट भारत जाने र भारतबाट आउनेहरुको चहलपहल सुरु भएको छ । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन–जान पाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णय गरेसँगै आइतबारदेखि यहाँ चहलपहल देखिएको हो ।

नाका सञ्चालन गर्न मन्त्रालयबाट पत्र आएपछि बेलहिया नाकाबाट गाडीहरूको आउजाउ सुरु भएको रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । नाका खुला भए पनि नेपाल आउने यात्री र पर्यटकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । रुपन्देही  स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले नेपाली यात्रीको हकमा सीमामै सामान्य स्वास्थ्य परीक्षण गरिने र कोभिडको शंका लागेमा सीमामै एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको छ ।

उनले कोरोनाको ‘हट स्पट’ मानिएका भारतीय शहरबाट आएका आएकाहरुलाई विशेष रुपमा परीक्षणको लागि आग्रह गर्ने बताए । एन्टिजेनमा पोजेटिभ देखिएकालाई पीसीआर परीक्षण गरेर नतिजा अनुसार व्यवस्थापन गर्ने योजना बनाइएको उनको भनाइ छ ।

यस्तै भारतबाट नेपाल आउने यात्री र पर्यटकले ७२ घण्टे पीसीआर रिपोर्ट देखाएपछि फाराम भरेर सहजै प्रवेश पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप