शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

सोमबार, १८ असोज २०७८, ११ : ०५
सोमबार, १८ असोज २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । नेपालको नीजि सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ ।

अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाहअनुसार नै उनी केहीदिन घरमै आराम गर्नेछन् । रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाल असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप