बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार बेहुली बन्दै सुप्रिया

सोमबार, १८ असोज २०७८, १० : ५५
सोमबार, १८ असोज २०७८

अभिनेत्री, मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल शुक्रबार बेहुली बन्ने भएकी छिन् । उनी रियल जीवनमै बेहुली बन्न लागेकी हुन् । अभिनय सिलसिलामा थुप्रै पटक दुलही बनेकी उनको आगामी शुक्रबार (असोज २२) गते वैवाहिक समारोह आयोजना हुँदैछ । सो समारोहमा उनी निर्देशक सुदर्शन थापासँंग लगनगाँठो कस्दैछिन् ।

सुप्रियालाई लिन दुलाहा सुदर्शन पासिखेल, शंकरापुरबाट काठमाडौंको बालुवाटारस्थित एउटा होटल जाने कार्यक्रम तय भएको छ । अभिनेत्री कटवालले आफ्ना नजिकका साथीभाई, पत्रकार लगायतलाई विवाहको निमन्त्रणा पत्र समेत पठाइसकेकी छन् ।

वैवाहिक समारोह सम्पन्न हुने होटलमै विहीबार उनको मेहन्दी कार्यक्रम समेत राखिएको छ । मेहन्दीका लागि उनले आफ्ना नजिकका साथीहरुलाई निमन्त्रणा दिइसकेकी छन् ।
सुप्रिया र सुदर्शनले गत भदौ २१ गते इन्गेजमेन्ट गरेका थिए । करिव एक बर्षको प्रेम सम्बन्धलाई दुबैले विवाहमा परिणत गर्न लागेका हुन् । 

कटवाल पछिल्लो समय एक संचारमाध्याममा काम गर्छिन् , भने निर्देशक थापाले ‘मेरो एउटा साथी छ’, ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका फिल्म बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप