आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विनिमयदर : पाउण्ड स्टेर्लिङको भाउ बढ्यो, डलरको मूल्य स्थिर

सोमबार, १८ असोज २०७८, १० : २३
सोमबार, १८ असोज २०७८

आज सोमबार नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ । बेलायती मुद्रा पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ २५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७ पैसा रहने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । आइतबारको तुलनामा डलरको मूल्य स्थिर र पाउण्डको मूल्य बढेको हो । बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर १२७ रुपैयाँ ५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ पैसा तोकेको छ । 

सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, हङकङ डलर एकको खरिददर १५ रुपैयाँ २० पैसा र बिक्रीदर १५ रुपैयाँ २७ पैसा, जापानी येन १० को खरिददर १० रुपैयाँ ६५ पैसा र बिक्रीदर १० रुपैयाँ ७० पैसा तोकिएको छ । यस्तै, चिनियाँ मुद्रा युआनको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

नेपाली युवाहरूको प्रमुख श्रम गन्तव्य मुलुकका मुद्रामध्ये साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा, यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा तोकिएको छ । 

मलेसियन रिङ्गिट एकको खरिददर २८ रुपैयाँ ३० पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ २ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा, कुबेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकले बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३६ पैसा तोकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप