काँग्रेस अधिवेशन : कालिकोटमा सर्वसम्मत रुपमा नेतृत्व चयन
कालिकोटमा नेपाली काँग्रेसको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अम्म शाही चयन भएका छन् । संस्थापन पक्ष र इतरपक्षबीचको छलफलपछि शाहीलाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरिएको हो ।
उसो त कालिकोट नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीको गृहजिल्ला हो । पौडेल पक्षका उनको कालिकोटमा राम्रो छाप छ । सर्वसम्मत रुपमा नेतृत्व चयनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
जिल्ला सभापतिमा आकांक्षी एक नेताले रातोपाटीलाई भने, ‘हामीले गुट–उपगुटको राजनीतिभन्दा पनि नेपाली काँग्रेसलाई शुद्धीकरण गर्ने साझा प्रतिबद्धतासहित सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका हौं ।’
कालिकोटमा सभापतिका लागि देउवा खेमाबाट दमनबहादुर शाहीको दाबेदारी थियो । यस्तै हिक्मत बिष्ट, मोतीराज बम, दानबहादुर बमको नाम पनि चर्चामा थियो ।
कालिबहादुर सहकारी र विष्टको समर्थनमा दमन शाही नै अगाडि आउने देखिएपछि अन्तिममा वृहत छलफलपछि पौडेल पक्षलाई जिल्ला नेतृत्व दिइएको हो ।
कालिकोटका युवा नेता दमन शाहीका अनुसार सभापति पद पाएको पौडेल पक्षले एउटा सचिव, एउटा उपसभापति र नौ जना महाधिवेशन प्रतिनिधि पाएको छ भने देउवा पक्षले बहुमत पदाधिकारी सहित १८ जना महाधिवेशन प्रतिनिधि पाएको छ ।
कार्यसमिति सदस्यहरुमा देउवा पक्षले ६० प्रतिशत र पौडेल पक्षले ४० प्रतिशत पाएको छ । यसअघि वडा र पालिकाको चुनाव पनि सर्वसम्मत सम्पन्न गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण