बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भियाग्राको कारण श्रीमती गर्भवती नभएपछि ...

सोमबार, १८ असोज २०७८, ०९ : ३६
सोमबार, १८ असोज २०७८

शारीरिक सम्बन्धलाई राम्रो बनाउनका लागि भियाग्राजस्ता औषधिको प्रयोग घातक सावित हुनसक्छ । भियाग्राका कारण विभिन्न प्रकारका शारीरिक समस्याहरु आउने गरेका थुप्रै उदाहरण भेटिएका चिकित्सकहरु बताउँछन् । यसैबीच, एक व्यक्तिले भियाग्राको सेवनका कारण श्रीमती गर्भवती नभएको भन्दै मद्दत मागेका छन् ।

५० वर्षीय उक्त व्यक्तिले लेखेका छन्, ‘हाम्रो विवाह भएको १० वर्ष भइसक्यो । म ५० वर्षको भएँ । मेरी श्रीमतीको उमेर ३९ वर्ष हो । मैले लिंग उत्तेजित नहुने समस्याका कारण भियाग्राको प्रयोग गर्छु । हामी धेरै वर्षदेखि बच्चा बनाउने कोसिस गरिरहेका छौँ । तर, हाम्रो मातापिता बन्ने इच्छा पूरा भएको छैन ।’

उनले अगाडि लेखेका छन्, ‘सुरुमा डाक्टरहरुले मेरी श्रीमतीमा गाइनाकोलोजिकलसँग जोडिएका समस्या भएको बताएका थिए । जसकारण उनी गर्भवती भएकी थिइनन् । तर, यो समस्याको उपचार भइसकेपछि पनि उनी गर्भवती भइनन् । मलाई भियाग्राको प्रयोगले उनी गर्भवती नभएको हो कि भन्ने चिन्ता लागिरहेको छ ।’

विशेषज्ञ भन्छन्, ‘डाक्टरको सल्लाह अनुसार भियाग्राको प्रयोग गरेको होइन भने तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस् । नेशनल हेल्थ सर्भिसका अनुसार भियाग्राका कारण गर्भधानमा समस्या आउने विषयमा पुष्टि भएको छैन् । त्यसैले, चिकित्सकसँग सल्लाह लिन आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप