तनहुँमा ५८ उम्मेदवार, पौडेलको भिडन्त गठबन्धन र जोशीसँगै
तनहुँ– आगामी मंसिर २१ गते हुने दोस्रो चरणअन्र्तगतको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभाका २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र कायम गरिएको तनहुँमा क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नं. १ को प्रदेश सभा सदस्य (१) मा ९ दलले र प्रदेश सभा सदस्य (२) मा ८ दलको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नं. २ को प्रदेश सभा सदस्य निर्वाचनका लागि क मा ११ जना र ख मा ७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
तनहुँमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी नेपाल, राप्रपा, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, एकिकृत राप्रपा (राष्ट्रवादी, स्वतन्त्र लगायतका दलहरुले आ(आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
बाम गठबन्धनबाट तनहुँ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको साझा उम्मदेवारमा नेकपा एमालेको तर्फबाट कृष्ण कुमार श्रेष्ठ (किसान)ले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा (१ ) निर्वाचनको उम्मेदवरमा एमालेका तर्फबाट रामबहादुर गुरुङ र प्रदेश सभा (२) निर्वाचनको उम्मेदवारमा मओवादी केन्द्रका हरिबहादुर चुमानको उम्मेदवारी परेको छ ।
त्यस्तै, बाम गठबन्धनका तनहुँ क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ साँझा उम्मेदवार नेकपा एमालेका केदार सिग्देल छन् । प्रदेश सभा (१) निर्वाचन सदस्यको उम्मेदवारमा माओवादी केन्द्रकी आशा कोइराला र प्रदेश सभा (२) निर्वाचन सदस्यको उम्मेदवारमा नेकपा एमालेका किरण गुरुङले उम्मेदवारी दर्ता गराएका छन । यस्तै, नेपाली कांग्रेसले तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा (१) निर्वाचन सदस्यको उम्मेदवारमा गोविन्द भट्टर्राई र प्रदेश सभा (२) निर्वाचन सदस्यमा रघुनाथ पौडेलको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसबाट पूर्व मन्त्री शंकर भण्डारीको उम्मेदवारी दर्ता भएको छ भने प्रदेश सभा क मा प्रदीप पौडेल र ख मा ध्रुव वाग्लेको उम्मेदवारी दर्ता भएको छ ।
यसेवीच कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री एवं पुर्वसहमहामन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएपछि यहाँको चुनावी परिणाम कस्तो आउला भन्ने चासो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन क्षेत्रमा निजी विद्यालय, ठाउँ खाली गर्न वन कार्यालयको निर्देशन
-
कृष्णभिरबाट मोटरसाइकल सहित त्रिशुलीमा खसेका युवकको मृत्यु
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
बागमतीमा विद्युतीय प्रणालीमार्फत स्वास्थ्य संस्था दर्ता/नवीकरण सुरु
-
महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने
-
‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’