आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभाको काँग्रेस सभापतिमा दीपक खड्का विजयी

सोमबार, १८ असोज २०७८, ०९ : १०
सोमबार, १८ असोज २०७८

काठमाडौं । नेपाली काँग्रेस संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्। शनिबार भएको जिल्ला अधिवेशनबाट खड्का सभापतिमा निर्वाचित भएका हुन्  ।

पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत रहेका खड्का १ हजार एक सय ९८ मत ल्याएर सभापतिमा बाजी मारेका हुन् । कूल एक हजार तीन सय ५२ मत खस्दा खड्काले १ हजार एक सय ९८ प्राप्त गरेका हुन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।

खड्कामा प्रतिद्धन्द्धी सभापति शेरबहादुर देउवानिकट राईमान राईले जम्मा ११० मत मात्रै ल्याएका थिए। उपसभापतिमा राजकुमार जिमी र अनन्त गौली निर्वाचित भए भने सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरूङ र सुवास कालाखेती विजयी भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप