संखुवासभाको काँग्रेस सभापतिमा दीपक खड्का विजयी
सोमबार, १८ असोज २०७८, ०९ : १०
काठमाडौं । नेपाली काँग्रेस संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्। शनिबार भएको जिल्ला अधिवेशनबाट खड्का सभापतिमा निर्वाचित भएका हुन् ।
पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत रहेका खड्का १ हजार एक सय ९८ मत ल्याएर सभापतिमा बाजी मारेका हुन् । कूल एक हजार तीन सय ५२ मत खस्दा खड्काले १ हजार एक सय ९८ प्राप्त गरेका हुन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।
खड्कामा प्रतिद्धन्द्धी सभापति शेरबहादुर देउवानिकट राईमान राईले जम्मा ११० मत मात्रै ल्याएका थिए। उपसभापतिमा राजकुमार जिमी र अनन्त गौली निर्वाचित भए भने सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरूङ र सुवास कालाखेती विजयी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण