शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस ताप्लेजुङ सभापतिमा देउवा निकट तुम्याहाङ विजयी

सोमबार, १८ असोज २०७८, ०८ : ५५
सोमबार, १८ असोज २०७८

नेपाली काँग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित भएका हुन् ।
 
यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन् । सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएको निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिए ।

एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो ।​ तुम्याहाङसँग पार्टीका पूर्वसचिवसमेत रहेका छविलाल गुरुङ प्रतिस्पर्धामा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप