बेलायतमा दैनिक संक्रमण ३० हजार बढी, मृतक संख्या घट्यो
बेलायतमा कोरोना संक्रमण दर उच्च रहेपनि मृतकको संख्यामा भने कमी आएको अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ४३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो साताको तुलनामा यो साता मृतक संख्या २५ प्रतिशतले घटेको हो । बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार ९५३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा ३० हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा १४ दिनसम्म लगातार दैनिक संक्रमण संख्या ३० हजार भन्दा माथि रहँदै आएको छ । गत हप्ताको तुलनामा संक्रमित संख्या पनि करिब ६.१ प्रतिशतले घटेको बताइएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ७९ लाख नाघेको छ ।
गएको एक सातामा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या १०.३ प्रतिशतले घटेको छ । पछिल्लो २४ घन्टामा ७५५ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या घटेर ५ हजार ६४ मा झरेको छ । यस्तै ८१५ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ३८ लाख ९८ हजार ३४८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ८९ लाख २८ हजार ९५२ जनाले खोपको पहिलो डोज र ४ करोड ४९ लाख ६९ हजार ३९६ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलर, चिनिया युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, कसको कति ?
-
सिरियामा सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्ने चेतावनी
-
कर्णालीमा धान उत्पादनमा वृद्धि
-
वुमन्स च्याम्पियन्स लिग : चेल्सीको लगातार छैठौं जित, रियाल स्तब्ध