आमा बनिन् नेहा
आइतबार, १७ असोज २०७८, २१ : २९
अभिनेत्री नेहा धुपिया आमा बनेकी छन् । ४१ वर्षकी धुपिया दोस्रो पटक आमा बनेकी हुन् । उनले आइतबार एक छोरालाई जन्म दिएको उनका पति अभिनेता अंगद बेदीले जानकारी दिएका छन् । अंगदले इस्टाग्राममा नेहासँगको एक तस्बिर शेयर गर्दै लेखेका छन्, ‘भगवानले आफ्नो आशीर्वादको रुपमा हामीलाई एक छोरा दिनुभएको छ ।
नेहा र बच्चा दुबै ठिक रहेका छन् ।’ खबर सार्वजनिक भएपछि नेहा र अंगदलाई अहिले बधाईको ओइरो लागेको छ । नेहाले गत जुलाईमा बेबी बम्प तस्बिरसहित आफु गर्भवती भएको सार्वजनिक गरेकी थिइन् । २०१८ मा नेहा र अंगदले विवाह गरेका थिए । त्यही बर्ष पहिलो सन्तानको रुपमा उनीहरुलाई छोरी प्राप्त भएको थियो ।
अभिनयको कुरा गर्ने हो भने नेहा छिट्टै फिल्म ‘सनक’ मा विद्युत जामवालसँग देखिनेछिन् । अंगत भने पछिल्लो समय ‘गुन्जन सक्सेना’ मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन : सांसद शर्मा
-
सशस्त्रका ११ जना एसएसपीको सरुवा, इन्टेलिजेन्स ब्युरोमा खड्का
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
मोदीको कडा भाषणः अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ