शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्नीलाई छोएको निहुँमा कुटपिट गर्दा मृत्यु, चन्द्रागिरिबाट दम्पती पक्राउ

आइतबार, १७ असोज २०७८, १९ : ४६
आइतबार, १७ असोज २०७८

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित गुर्जुधारामा सामान्य विवादमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । असोज १५ मा कुटपिटबाट घाइते भएका धादिङको थाक्रे गाउँपालिका–१० घर भएका दिनेश मिजार को शनिवार साँझ ट्रमा सेन्टरमा मृत्यु भयो ।

गुर्जुधारा आसपासमा घुम्ती तरकारी पसल चलाउने ३५ वर्षीय दिनेशलाई स्थानीयले ‘ट्वाँके’ उपनामले चिन्थे । दिनेशको हत्या गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–१५ बाट राजेश नेपाली उर्फ चटके र उनको पत्नीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

शुक्रवार मदिरा सेवन गरेर हिँडेका दिनेश मिजार र राजेश नेपालीको बिचमा गुर्जुधारा स्थित कालिका घाटमा जाने ३ फिटे साँघुरो गल्लीमा जम्काभेट हुन्छ । राजेशले पनि मदिराको नशामा हुन्छन् । राजेशसँग उनकी पत्नीसँगै हुन्छिन् । गल्लीमा आफ्नी पत्नीलाई छोएको निहुँमा उनीहरूको बिचमा विवाद हुन्छ । विवाद हुँदा राजेशले धकेल्दा दिनेश लडेर बेहोस हुन्छन् । प्रहरीले उनलाई उपचारका लागि ट्रमा सेन्टर लगेको र उपचारको क्रममा मृत्यु भएको एसपी बस्नेतले बताए । आइतबार पक्राउ गरिएका दम्पतीबारे महानगरीय प्रहरी वृत्त थानकोटले ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप