बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरा पुगेर शेखरले देउवालाई भने : कार्यकर्ताको आवाज सुन्नुहोस्

आइतबार, १७ असोज २०७८, १९ : ०५
आइतबार, १७ असोज २०७८

नेपाली काँग्रेसका नेता डा. शेखर कोइराले डडेल्धुरामा क्रियाशील सदस्यता र अधिवेशनको निर्णय सच्याउन माग गरेका छन् । सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पुगेर कोइरालाले कार्यकर्ताको आवाज सुन्न समेत देउवालाई आग्रह गरे ।

कोइरालाले डडेल्धुरामा कार्यकर्तामाथि अन्याय भएको भन्दै सभापति देउवाले गल्ती सच्याउने विश्वास व्यक्त गरे ।‘डडेलधुराको यो भेलाले सभापति र छानविन समितिले गरेको गल्ती सच्याउन माग गरेको छ । मलाई विश्वास छ डडेलधुरामा भएको गल्ती सभापतिजीले सच्याउनुहुनेछ’, कोइरालाले भने । मर्कामा पारिएका देशभरका काँग्रेस कार्यकर्ताको न्यायका लागि आफूहरु लडिरहने कोइरालाको भनाइ थियो ।


कोइरालाले काँग्रेसमा यतिबेला आन्तरिक लोकतन्त्र नै नभएको बताए । काँग्रेसमा आन्तरिक लोकतन्त्रलाई फेरि आफूहरूले सुदृढ गरेर जानुपर्ने आवश्यकता रहेको बताए ।कार्यक्रमको अन्त्यमा कोइरालाले प्रधानमन्त्री तथा सभापति देउवाले सुन्ने गरी जय नेपाल भन्न आह्वान गरेका थिए ।

'सबैले अन्त्यमा जय नेपाल भनौँ, बालुवाटारमा बसेका शेरबहादुरजीले सुन्ने गरेर फेरि भनौँ,' उनले भने । उनको आशय देउवाले कार्यकर्ताको भावनाअनुसार काम गर्नुपर्छ भन्ने थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप