बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा केसी, कोइराला र घिमिरेलाई देउवा पक्षले देखायो कालो झन्डा

आइतबार, १७ असोज २०७८, १८ : ३२
आइतबार, १७ असोज २०७८

 नेपाली काँग्रेसका केन्द्रीय सदस्यत्रय अर्जुननरसिंह केसी, शेखर कोइराला र गुरुराज घिमिरेलाई डडेल्धुरामा शेरबहादुर देउवा पक्षीय कार्यकर्ताले कालोझन्डा देखाएका छन् । सभापति  देउवाको गृह जिल्ला डडेल्धुरामा संस्थापन इतरपक्षका उनीहरुलाई कालोझन्डा देखाइएको हो ।

आइतबार देउवा विरोधी खेमाका जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रीय सदस्यत्रय केसी कोइराला र  घिमिरे डडेल्धुरा पुगेका थिए । उनीहरुले क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै मल्ल पक्षले अधिवेशन बहिस्कार गरी थालेको रिले अनसनप्रति एक्यबद्धता जनाएका थिए । 

केसी र कोइराला र घिमिरेको उपस्थितिमा दसैंसम्मका लागि मल्ल पक्षले अनसन स्थगित गरेको छ। तर सभापति देउवा पक्षले उनीहरु सहभागी उक्त कार्यक्रममा कालोझन्डा देखाउँदा तनावको अवस्था  सिर्जना भयो ।

यसैबीच कोइरालाले केही मानिसले कालो झन्डा देखाए पनि आफूहरु नडराउने बताएका थिए ।‘अहिले केही साथीहरूले कालो झन्डा देखाउनुभयो। कालो झन्डासँग काँग्रेसका कोही नेता तथा कार्यकर्ता डराउँदैनन्,' कोइरालाले भने।

कोइरालाले डडेल्धुराको टुँडिखेलमा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि कालो झन्डा देखिइएकोबारे स्मरण गराए ।

उनले भने, '​उहाँ तर्सनु भएको थिएन। डराउनु भएको थिएन। उहाँ भाग्नुभएको थिएन। काँग्रेस लोकतान्त्रिक पार्टी भएकोलेले कालो झन्डा देखाउनेहरूलाई हामीले स्वागत गर्न सक्नुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप