अख्तियारको विरुद्धमा रौतहटमा जसपाको प्रदर्शन
आइतबार, १७ असोज २०७८, १८ : २६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरुद्धमा जसपा कार्यकर्ताहरूले रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धानले प्रदेश सरकारलाई बदनाम गराउन केही दिनअघि प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै जसपाका दर्जनौं कार्यकर्ताहरूले तुल,ब्यानर लिएर विभिन्न नारा लगाउँदै गौर बजार परिक्रमा गरेका थिए । गौरको बिपी चौकबाट निस्केको बिरोध प्रदर्शन नेपाल लज नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।
सो कोणसभामा प्रदेश सांसद रामकिशोर यादव,देवाही गोनाही नगरप्रमुख धर्मेन्द्र पटेल,माधवनारायण नगरप्रमुख बिरेन्द्र यादव ,जिल्ला समन्वय समितिको उपसभापति राम आशिष यादव,लगायत हप्ताहरुले अख्तियारले अख्तियार संघीयता बिरोधी गतिविधिमा लागेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत