शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रलाई उत्तर कोरियाको चेतावनी

आइतबार, १७ असोज २०७८, १८ : १३
आइतबार, १७ असोज २०७८

उत्तर कोरियाले आइतबार एक बयान जारी गर्दै संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा आफ्नो मिसाइल कार्यक्रमबारे गरिएको आचालोनाविरुद्ध चेतावनी दिएको छ । शुक्रबार भएको परिषद्को आपत्कालीन बैठकका दौरान फ्रान्सले उत्तर कोरियाको मिसाइल परीक्षणप्रति चिन्ता व्यक्त गर्दै एक प्रस्ताव राख्दै ब्यालिस्टिक मिसाइल फायरिङमा प्रतिबन्ध लगाउने परिषद्को प्रस्तावलाई पूर्णरुपमा लागू गर्न आह्वान गरेको थियो ।

आइतबार उत्तर कोरियाको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारी जो चोल सुले संयुक्त राष्ट्रको परिषद्लाई चेतावनी दिँदै भनेका छन् – उनीहरूले सम्झे हुन्छ, उत्तर कोरियाको सम्प्रभुतामाथि कब्जा जमाउने कोसिस गर्दा भविष्यमा के असर हुन्छ भनेर ।

सरकारी मिडियाद्वारा प्रसारित यस बयानमा संयुक्त राष्ट्रले दोहोरो मापदण्ड अपनाएका आरोप लगाइएको छ । संयुक्त राष्ट्रमा अमेरिका र उसको सहयोगीले गर्ने यस्तो हतियार परीक्षणको मुद्दा समान रूपले नउठाइने उसको आरोप थियो ।

६ महिनाको अन्तरपछि उत्तर कोरियाले सेप्टेम्बरमा पुनः मिसाइल परीक्षण सुरु गरेको थियो । १३ सेप्टेम्बरमा उत्तर कोरियाको मिडियाले ११ र १२ सेप्टेम्बरमा देशले नयाँ प्रकारको लामो दुरीको क्रुज मिसाइलको परीक्षण गरेको जानकारी दिएको थियो । यसले १५ सय किलोमिटर टाढासम्म प्रहार गर्न सकिने सरकारी मिडियाको दाबी थियो । सो घोषणाको दुई दिनपछि कुद्दै गरेको रेलबाट प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरिएको थियो भने २८ सेप्टेम्बरमा हाइपरसोनिस मिसाइल परीक्षण गरिएको थियो ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप