सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

पोखराबाट गाँजासहित एक युवक पक्राउ

आइतबार, १७ असोज २०७८, १८ : ०१
आइतबार, १७ असोज २०७८

पोखराबाट गाँजासहित एक युवक पक्राउ परेका छन् । पोखरा–३० पावर हाउसबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित पाल्पा माथागढी गाउँपालिकाका २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेका हुन् ।
काठमाडौंबाट पोखरातर्फ आइरहेको बा १ ख ९७१५ नम्बरको बसमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अजयलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप