बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन बजार लयमा फर्किदै, १० महिनामा झण्डै ७७ हजार विदेशी पर्यटक नेपाल भित्रिए

आइतबार, १७ असोज २०७८, १७ : ५३
आइतबार, १७ असोज २०७८

कोभिड–१९ का कारण थिलथिलो भएको पर्यटन व्यवसाय विस्तारै माथि उठ्न थालेको छ । कोभिडको प्रभाव बिस्तारै कम हुँदै जाँदा विदेशी पर्यटकको आगमनमा समेत बृद्धि भएको हो । त्रिभूवन विमानस्थल अध्यागमन विभागका अनुसार गत सेप्टेम्बर १ देखि सेप्टेम्बर ३१ सम्ममा विभिन्न मुलुकहरूबाट गरी कुल ९ हजार ८९८ जना विदेशी नागरिक नेपाल भित्रिएका हुन् । 

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी सार्क मुलुकहरूबाट अधिकतम ३७.७२ प्रतिशत अर्थात् तीन हजार ७३४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने अमेरिकी मुलुकबाट २१.४७ प्रतिशत अर्थात् दुई हजार १२५ जना, युरोपेली मुलुकबाट १७.५१ प्रतिशत (एक हजार ७३३ जना) र सामुद्रिक मुलुकबाट ०.८२ प्रतिशत अर्थात् ८१ जना आएका छन् । 

यसमध्ये पनि सबैभन्दा बढी भारतबाट अधिकतम तीन हजार ५२३ जना पर्यटक सेप्टेम्बरमा नेपाल आएको विभागले जनाएको छ । यद्यपि, यो तथ्याङ्क हवाई मार्ग हुँदै आउनेहरुको मात्र हो । यसको अलवा हजारौंको संख्यामा स्थलमार्ग (सवारी साधन) बाट समेत आएका छन् । 

अध्यागमनको तथ्याङ्कअनुसार गत अगष्ट महिनामा यस्तो विदेशी पर्यटक आगमनको संख्या पाँच हजार ९१७ जना मात्र थियो । यो हिसाबले अघिल्लो महिनाको तुलनामा गत महिनामा अधिकतम ६७.२८ प्रतिशतले नै पर्यटक आगमन बृद्धि भएको देखिन्छ । 

९ महिनामा झण्डै ७७ हजार पर्यटकको आगमन, कुन महिनामा कति आए ?
अध्यागमनको तथ्याङ्कअनुसार गत जनवरी १ देखि सेप्टेम्बर ३१ सम्ममा कुल ७६ हजार ८६४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन कोभिडपछिको हालसम्मकै उच्च दर हो । पर्यटन बोर्डका अनुसार यस्तो आगमन कोभिड अघि सन् २०१९ मा सोही अवधिमा अधिकतम ९२ हजार ६०४ जना पर्यटक नेपाल भित्रिएका थिए । 

दुई वर्षपछि यसवर्ष विस्तारै कोभिडको प्रभाव कम हुँदै गएको अवस्थामा पर्यटकको आगमन बृद्धि हुँदै ७७ हजार पुगेको हो ।  

सन् २०२१ मा कुन महिनामा कति आए ?

पर्यटन बोर्डका अनुसार सन् २०२१ को १० महिनामा जनवरीमा ८ हजार ८७४ जना, फेब्रुअरीमा ९ हजार १४६ जना, मार्चमा १४ हजार ९७७ जना, अप्रिलमा अधिकतम २२ हजार ४५० जना, मेमा एक हजार ४६८ जना, जुनमा एक हजार १४३ जना, जुलाईमा २ हजार ९९१ जना, अगष्टमा ५ हजार ९१७ जना र गत सेप्टेम्बरमा ९ हजार ८९८ जना नेपाल आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप