आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

‘ट्याङ्काभरी सुन’ भर्दै बले र प्रियना

आइतबार, १७ असोज २०७८, १७ : ०६
आइतबार, १७ असोज २०७८

हास्य सिरियल ‘सक्किगोनी’ का चर्चित जोडी सागर लम्साल ‘बले’ र प्रियना आचार्यको अभिनित म्युजिक भिडियो ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । भिडियोमा सागर र प्रियनाको आकर्षक नृत्य सहित रोमान्टिक अवतारमा उत्रिएका छन् ।

गायक सचिन रौनियार स्वर रहेको ‘ट्याङ्का भरी सुन’ बोलको गीतमा रौनियारलाई गायनमा रचना रिमालले साथ दिएकी छन् । हरिहर तिमल्सिनाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन् । भिडियोका निर्देशक शान थापा हुन् । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप