सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भए

आइतबार, १७ असोज २०७८, १६ : ३७
आइतबार, १७ असोज २०७८

बितेको २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन् । 
बितेको २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।  

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् । 

यस्तै हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप