बसन्त चौधरीको मुटुको सफल शल्यक्रिया
काठमाडौं । उद्योगी तथा साहित्यकार बसन्त कुमार चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया भएको छ । दुबई भ्रमणमा रहेको वेला स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित नर्भिक हस्पिटलका संस्थापक समेत रहेका चौधरीको मुटुको सफल शल्यक्रिया भएको हो ।
गत मंगलबार दुबई स्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो ।
सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन् । अब २ दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए । त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भएका थिए । सो क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु