बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपीले बाँडे गौशाला चोकमा मास्क, पाँच एआईजी पनि मास्क बाँड्न चोक-चोकमा (तस्बिरहरु)

आइतबार, १७ असोज २०७८, १६ : २६
आइतबार, १७ असोज २०७८

 प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं स्थित गौशाला चोकमा मास्क बाँडेका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा थापाले गौशाला स्थित प्रहरीले संचालन गरेको यात्रु सहायता कक्षमा पुगेर मास्क बाँडेका हुन् । असोज २० मा नेपाल प्रहरीले प्रहरी दिवस मनाउँदै छ । दिवसअघि प्रहरीले विविध कार्यक्रम गरिरहेको छ । आइतबार पाँचजना एआईजी (अतिरिक्त महानिरीक्षक)हरुले पनि काठमाडौंका फरक फरक चोकमा मास्क वितरण गरेका छन् । 

महानगरीय प्रहरी कार्यालयका प्रमुख (एआईजी) हरिबहादुर पालले सुन्धारामा मास्क वितरण गरेका छन् । एआईजी विश्वराज पोखरेलले कलंकीमा, प्रद्युम्न कुमार कार्कीले सातदोबाटो, सहकुल बहादुर थापाले कोटेश्वर र निरज शाहीले माछापोखरी चोकमा मास्क वितरण गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप