एमालेको महाधिवेशनमा ब्यानर, तामझाम देखियो रे ! : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि चौतर्फी हमला भएको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पार्टीको विचार र संगठनमाथि हमला भएको बताए । उनले भने, ‘एमालेको महाधिवेशनमा ब्यानर, तामझाम देखियो रे ! हामीविरुद्धको हमलाको विभिन्न रुप हो,’ उनले भने । ठुलो पार्टीका गतिविधि पनि ठुलै हुने उनले बताए ।
पहिलो पटक आफू प्रधानमन्त्री भएदेखि नै आफूमाथि हमला सुरु भएको ओलीले बताए । ‘मेरो नेतृत्वमा सरकारले नाकाबन्दीको डटेर मुकाबला ग-यो । उत्तरतिर व्यापार र पारवहन सम्झौता भयो,’ उनले भने, ‘त्यतिबेला खुइल्याउने कोसिस भए ।’ हाम्रा विरोधी को हुन् भनेर शास्त्र पढिरहन नपर्ने पनि उनले बताए । उनले भने, ‘जो छाडेर गए उनीहरू विरोधी र जो अहिले पनि यहाँ छन्, उनीहरू सप्रिएका हुन् भनेर बुझ्न गाह्रो छैन ।’
हामी व्यक्तिपूजक होइनौँ : केपी ओली |
ओलीले अरुलाई अपजस लगाएर नउम्किने पनि बताए । उनले एमालेको तात्कालिक कार्यभार सुशासन, विकास, सुविधायुक्त समाज, समृद्धि रहेको बताए । उनले नेकपा एमाले देशको सवैभन्दा ठुलो दलमात्र नभएर जिम्मेवार दल भएको नाताले अव पनि जित्नैपर्ने बताए । उनले नेकपा एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै विरोधीले छाती पिट्न थालेको र त्यो आफूविरुद्धको हमलाको रुप भएको टिप्पणी गरे ।
‘हामी व्यक्ति पूजक होइनौ, कमिटी प्रणाली, सामुहिक नेतृत्व, अध्ययन र परीक्षण गर्छौ’, ओलीले भने, वार्वरिकले महाभारत युद्धमा कृष्णको चक्र चलाएको जस्तो नहुने भन्दै साझा प्रयासबाट देशमा परिवर्तन ल्याउन सक्ने बताए । ‘यो कुरा नेकपा एमालेले बाहेक अरुले बुझेका छैनन्’, ओलीले भने, ‘नेतृत्वको वरिपरि आन्दोलन गोलबन्द भएको भन्ने कुरा साँचो होइन । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन