शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

प्राधिकरणले तार काट्दा २० करोड क्षति भएको इन्टरनेट सेवा प्रदायकको दाबी

आइतबार, १७ असोज २०७८, १६ : २०
आइतबार, १७ असोज २०७८

नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले एकै दिन करिब २० करोडको क्षति गराइदिएको बताए ।

उनले रातोपाटीसँग भने, ‘विद्युत् प्राधिकरणले एक दिन तार काट्दा हाम्रो करिब २० करोड क्षति भएको छ । प्राधिकरणले दम्भका आधारमा देशभर इन्टरनेट अवरुद्ध गर्ने तयारी गरिरहेको छ ।’ प्राधिकरणले तार काट्दा देशभरको इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै यसो नगर्न उनले आग्रह समेत गरे । इन्टरनेटको तार काट्दा सेवा प्रदायकको लगानी डुब्ने भएकाले तार नकाट्न प्राधिकरणलाई पराजुलीले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप