बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले नेतृत्वको ‘कम्पोजिशन’ : पुस्तान्तरणदेखि आन्दोलनका मुद्दा ‘टार्गेट’ सम्म

आइतबार, १७ असोज २०७८, १५ : ५३
आइतबार, १७ असोज २०७८

नेकपा एमालेले विचारमा एकरुपता भएको पार्टी बनाउने संकल्प र अठोट गरेको छ । जारी विधान महाधिवेशनमा संगठनात्मक प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै महासचिव ईश्वर पोखरेलले कम्युनिस्ट पार्टीमा विचारमा एकरुपता हुनैपर्ने भन्दै आगामी दिनमा सोही अनुसार अघि बढ्न संकल्प गरेको बताए ।

त्यस्तै उनले कम्युनिस्ट पार्टीका नेताहरु जनतामा स्थापित भएका नेता नै नेतृत्वको जिम्मेवारीमा पुग्ने बताए । ‘कतिपयले के–के प्रलोभनमा पनि नेतृत्व पाउने चलन छ भन्नुभयो, म विश्वास दिलाउन चाहान्छु, जनताले पत्याएका मात्रै नेता बन्नेछन् भन्ने विश्वास दिलाउन चाहान्छु’, पोखरेलले भने, ‘नेतृत्वको कम्पोजिसनका बारेमा उपभोक्ताहरुबीच कम्पोजिशन हुने त्यस्तो नहोस् भनेर अव विभिन्न तहको नेतृत्वमा पुस्ताको योजनाबद्ध कम्पोजिशन हुन्छ । त्यो भएन भने बुढा एकातिर हुने हुन्छ, त्यसो भयो भने पार्टी कहाँ पुग्छ ?’ उनले मापदण्ड पूरा गरेका युवा, पाको पुस्ता र अधवैँशे मिलाएर नेतृत्व निर्माण गर्ने बताए । उनले यसरी पुस्ताको हिसाव र आन्दोलनका एजेण्डा बोक्ने मुद्दाका हिसावले पनि हेरिने बताए । महासचिव पोखरेलले एमालेका हरेक कार्यकर्ता श्रम, उत्पादन र आयआर्जनमा लाग्नुपर्ने र त्यसैअनुसार अघि बढ्ने दावी गरे । 

पोखरेलले कार्यकर्ताको मुल्यांकनबारे महाधिवेशनमा उठेको प्रश्नमा कमिटीमार्फत मूल्यांकनको परिपाटीमा कमि भए सच्चाउने बताए । उनले समानुपातिक समानुपातिक समावेशिताको सवालमा कम्युनिस्ट पार्टी विचार र योग्यताका आधारमा बन्ने भएपनि समाजको विविधतालाई हेक्का राख्नुपर्ने बताए । ‘कम्युनिस्ट पार्टी बन्ने हो भने विचारको आधारमा बन्नुपर्छ जनसंख्याको आधारमा सोचियो भने गलत हुन्छ’, पोखरेलको जवाफ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप