बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ५६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

आइतबार, १७ असोज २०७८, १५ : ४७
आइतबार, १७ असोज २०७८

नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै बैंकले २०७८ कार्तिक २ गतेदेखि आगामी वर्ष २०७९ कार्तिक २ गतेसम्म कुल ३६६ दिनका लागि सो कोषको रकम लगानी गर्न चाहेको जनाएको हो । 

बैंकले इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुलाई तोकिएको शर्तहरु पूरा गरी प्रस्तावित ब्याजदरसहित आगामी असोज १९ गते बेलुका ५ बजे भित्र दरखास्त हालिसक्न भनेको छ । 
सूचना अनुसार बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ४४ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकहरुका लागि ८ करोड ४० लाख छुट्याएर बाँकी रहेको २ करोड ८० लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुलाई छुट्याएको छ । 
यद्यपि, लगानीका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरूमा केही शर्तहरु राखेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप