मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

यतीको दसैँ धमाका, स्कुटर देखि हिरा जित्ने मौका

आइतबार, १७ असोज २०७८, १५ : ३२
आइतबार, १७ असोज २०७८

काठमाडौं । यती एयरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दसैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ । 

उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफआई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जाने आउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ । यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एयरलाइन्स मार्फत उडान गर्ने सम्पूर्ण यात्रुहरूमा लागू हुनेछ । 

अग्रिम टिकट बुकिङ्ग गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप