बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक २५ सयको रेन्जमा झर्‍यो, चार अर्बको कारोबार

आइतबार, १७ असोज २०७८, १५ : २१
आइतबार, १७ असोज २०७८

आइतबार सेयर बजार परिसूचक (नेप्से) थप ५६ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५६.४८ अंकले घटेर २५ सय ७६.९५ विन्दुमा झरेको हो । यसअघि गत बिहीबार परिसूचक ३२ अंकले घट्दै २६ सय ३३.४२ विन्दुमा रोकिएको थियो ।

त्यसो त साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झर्न पुगेको छ । 
सबै उपसमूहहरु ऋणात्मक भएर बजारनै राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूह रहेको छ । अधिकतम ५६ अंकले घटेको बजारमा आज फाइनान्स समूहको मात्र ४.३४ प्रतिशतले सूचक घट्न पुगेको छ । 
यस्तै, हाईड्रोपावर समूहको ३.९७ प्रतिशतले इन्भेष्टमेन्ट समूहको ३.८३ अंकले र होटल तथा पर्यटन समूहको ३.३३ प्रतिशतले घट्न पुगेको छ । आज कुल २३२ कम्पनीका ८ करोड ९४ लाख कित्ता माथिको सेयर बजारमा ५२ हजार ३९१ पटक किनबेच हुँदा ४ अर्ब ११ करोडको कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप