शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

५ लाख उठाउन अर्काकी श्रीमतीलाई 'बन्धक' बनाएको आरोपमा पक्राउ

आइतबार, १७ असोज २०७८, १४ : ५१
आइतबार, १७ असोज २०७८

सापटी दिएको रकम फिर्ता नगरेको भन्दै अर्काकी श्रीमतीलाई बन्धक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् । प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए । रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर बन्धक बनाइ राखेको प्रहरीको स्रोतले रातोपाटीलाई बतायो ।

प्रहरीका अनुसार श्रेष्ठले  ‘पैसा दे अनि तेरो श्रीमती लैजा’ भन्दै उक्त व्यक्तिलाई धम्क्याएपछि प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप