लक्ष्मी लघुवित्तद्वारा २७.३७ प्रतिशतले लाभांश वितरणको घोषणा
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २७.३७ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयरसहित ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार लघुवित्तले सेयरधनीहरुलाई ६ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने दुई करोड ३५ लाख ८२ हजार २६३ रुपैयाँ नगद लाभांश बाँड्नेछ । लघुवित्तले नगद र बोनस गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
यद्यपि, उक्त प्रस्तावित लाभांश भने नियामक निकाय राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले अघिल्लो वर्ष यसले १५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत नगद लाभांश गरी कुल २२.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ