अफगानिस्तानमा तालिबानमाथि हमला, चारको मृत्यु
अफगानिस्तानमा शनिबार अज्ञात बन्दूकधारीले तालिबान हमला गरेका छन् । नंगहार प्रान्तमा भएको यस हमलामा दुई तालिबानी लडाकु र दुईजना नागरिक मारिएका छन् ।
तालिवान सरकारले नियुक्त गरेका नंगहार प्रान्तका सांस्कृतिक अधिकारी मोहम्मद हनिफले शनिबार यस आक्रमणको जानकारी दिएका हुन् । घटनामा दुई जना घाइते भएको उनले बताएका छन् ।
इस्लामिक स्टेटमाथि आशंका
यस हमलाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । यद्यपी, इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान लगाइएको छ । यो संगठन अफगानिस्तानमा तालिबानको प्रतिद्वन्द्वी संगठन हो । नंगरहार प्रान्तमा यसको उपस्थिती बलियो छ । आईएसले यसअघि पनि तालिबानविरुद्ध धेरैपटक हमला गरिसकेको छ ।
१५ अगस्टमा तालिबानले अफगानिस्तानको राजधानी शहर काबुल कब्जा गरेको थियो । त्यसअघि नै उसले बाँकी इलाका आफ्नो कब्जा लिइसकेको थियो । काबुल कब्जा हुनासाथ राष्ट्रपति असरफ घानी देश छाडेर कतार भागेका थिए । अगस्टको समाप्तिमा अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले त्यहाँ आफ्नो नयाँ सरकार गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलर, चिनिया युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, कसको कति ?
-
सिरियामा सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्ने चेतावनी
-
कर्णालीमा धान उत्पादनमा वृद्धि
-
वुमन्स च्याम्पियन्स लिग : चेल्सीको लगातार छैठौं जित, रियाल स्तब्ध
-
विश्वशान्ति र प्राणी कल्याणका लागि लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा