बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख खानका छोरा पक्राउ

आइतबार, १७ असोज २०७८, १३ : २४
आइतबार, १७ असोज २०७८

भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर  बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ । छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन । बलिउडका अन्य अभिनेताका छोराहरु पनि हिरासतमा रहेको प्रहरीलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएका छन् । तर को–को समातिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन । एनसिबीका अधिकारीहरुले शाहरुखका छोराको फोन चेक गरेको र उनीसँग सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप