बार्साविरुद्ध गोल गरेपछि सुआरेजले माफी मागेको फोटो भाइरल
![बार्साविरुद्ध गोल गरेपछि सुआरेजले माफी मागेको फोटो भाइरल](https://rpcdn.ratopati.com/media/albums/luis-suarez-atletico-madrid-barcelona-liga_5vivswj9vjis1a3vi3wdth6ib_WuwL7H9YFu.jpg)
लुईस सुआरेज चम्कँदा शनिबार एथलेटिको म्याड्रिडले ला–लिगा फुटबलमा बार्सिलोनालाई २–० ले हरायो । उनले पहिलो गोलका लागि थोमस लेमारलाई पास मिलाइदिएका थिए भने दोस्रो गोल आफैं गरेका थिए । अहिले यही खेलको एउटा फोटो निकै चर्चामा छ ।
सुआरेजले दोस्रो गोल गरेसँगै खुसी साट्न एथलेटिकोका अन्य खेलाडीहरु उनी भएका ठाउँमा झुम्मिएका थिए । यद्यपि, सुआरेजले गोलको खुसी मनाएनन् । अरु, दुई हात जोडेर बार्सा समर्थकहरुसँग माफी मागे ।
सुआरेजले २०१४ देखि २०२० सम्म बार्सिलोनाबाट खेलेका थिए । उनले यसक्रममा १ सय ९१ खेलमा १ सय ४७ गोल गरे । सुआरेज छँदा बार्सिलोना युरोपकै शक्तिशाली क्लब थियो । तर, यस सिजन बार्सिलोनाबाट कप्तान लियोनल मेस्सी पनि बाहिरिए । जसकारण, क्लब निकै ठूलो संकटमा छ ।
एथलेटिकोमा आबद्ध भएपनि सुआरेजले आफ्नो पूर्व क्लब प्रतिको सम्मान भने त्यागेका छैनन् । उनले एथलेटिकोमा आबद्ध भएयता बार्सिलोनाविरुद्ध गरेको यो पहिलो गोल हो । गत सिजन सुआरेजे नै अन्तिम खेलमा निर्णायक गोल गर्दा एथलेटिकोले ला–लिगा उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त