शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर हात्तीको मृत्यु

आइतबार, १७ असोज २०७८, १२ : ४७
आइतबार, १७ असोज २०७८

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेन्ट लागेर मरेको पुष्टि गरेको छ ।

आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए । रामका अनुसार हात्ती आज विहान मृत भेटिएको थियो ।  

आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए । उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबर दुःखद भएको बताए ।

आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर शदगदको तयारी थालिएको जनाएको छ । केहि साता अघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो । जसकालागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेबारी दिइएको थियो ।

मकुना जंगली हात्ती भएपनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो । मकुना हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा समेत रहेको थियो ।

मकुना आरक्षमा रहेका जंगली हात्तीको नाइके समेत थियो । आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाई गर्ने गर्थ्यो ।

मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो । मकुनाले सुनसरी र सप्तरी तर्फका दर्जन बढीको ज्यान लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप