शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्टरनेट व्यवसायीलाई क्यानको साथ, भन्यो- इन्टरनेटको मूल्य ३०० सम्म बढ्नसक्छ

आइतबार, १७ असोज २०७८, १२ : ४२
आइतबार, १७ असोज २०७८

नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा बढाएको पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्न थालेपछि कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले विरोध जनाएको छ । प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, धनगढीलगायतका स्थानमा इन्टरनेटका तार काटेको छ । देशैभर तार काट्न थालेपछि क्यान महासंघले इन्टरनेट व्यवसायीलाई साथ दिँदै प्राधिकरणको विरोध गरेको हो ।

प्राधिकरणले तार काटेको स्थानमा इन्टरनेट सेवामा अवरुद्ध पुगेको महासंघको भनाई छ । प्राधिकरणले हिजो शनिबारदेखि पोलको भाडा नतिर्ने इन्टरनेट व्यवसायीको तार काट्न थालेको छ ।  यसको विरोध गर्दै क्यानले प्राधिकरणको पछिल्लो गतिविधिबाट पूर्वाधारको लागत अझ बढन गई इन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक ३ सयसम्म शुल्क बढ्ने चेतावनी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप