शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गोठाटारबाट २६ सय किलो पटाका बरामद

आइतबार, १७ असोज २०७८, १२ : २२
आइतबार, १७ असोज २०७८

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरेको छ । गएराती अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो ।

तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको थियो । पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ ।

नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको थियो । काठमाडौं प्रहरीले दसैँ लक्षित सुरक्षा योजना सार्वजनिक गरेपनि नाकामा चेकजाँच कडा पारिएको छैन् । गोदाम सञ्चालकले दसैँपछि बेच्नेगरी सो पटाका भारतबाट मगाएर स्टोर गरेर राखेको महाशाखाका एक अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप