एमाले विधान महाधिवेशन : सकियो समूहगत रिपोर्टिङ

शुक्रबारबाट सुरु भएको नेकपा (एमाले)को विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको मुगुका सांसद तथा केन्द्रीय सदस्य समेत रहेका मोहन बानियाँले जानकारी दिए ।
उनका अनुसार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । योसँगै समूहगत छलफलको रिपोर्टिङ सकिएको हो ।
प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाएका थिए । त्यस्तै, जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ गरेक थिइन् ।
समूहगत रिपोर्टिङ सकिएपछि प्रतिनिधिहरू अहिले खाना खाइरहेका छन् । खाना खाएर प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ शीर्ष नेताले दिएर महाधिवेशन आइतबार नै सकिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व मिस नेपाल अस्मीले कसिन् लगनगाँठो
-
रुबिना–अभिनवलाई लरेन्स ग्याङको नामबाट ज्यान मार्ने धम्की
-
‘जार’ नेपाली समाजले भोगेको कथा हो : निर्देशक लामा
-
पोप फ्रान्सिसको निधनपछि इटालियन सिरिएका खेलहरु स्थगित
-
विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्नेमा महासंघ अध्यक्ष ढकालको जोड
-
एलिनाको नयाँ गीत ‘तिम्रो व्याइफ्रेन्ड खोइ’