एमाले विधान महाधिवेशन : सकियो समूहगत रिपोर्टिङ
शुक्रबारबाट सुरु भएको नेकपा (एमाले)को विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको मुगुका सांसद तथा केन्द्रीय सदस्य समेत रहेका मोहन बानियाँले जानकारी दिए ।
उनका अनुसार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । योसँगै समूहगत छलफलको रिपोर्टिङ सकिएको हो ।
प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाएका थिए । त्यस्तै, जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ गरेक थिइन् ।
समूहगत रिपोर्टिङ सकिएपछि प्रतिनिधिहरू अहिले खाना खाइरहेका छन् । खाना खाएर प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ शीर्ष नेताले दिएर महाधिवेशन आइतबार नै सकिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण