शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समान्था र चैतन्यको सम्बन्धविच्छेद : आमिरलाई ‘डभोर्स विज्ञ’ भन्दै खनिइन् कङ्गना

आइतबार, १७ असोज २०७८, १२ : ०७
आइतबार, १७ असोज २०७८

समान्था अक्किनेइ र नागा चैतन्यबीच सम्बन्धविच्छेदको कारण आमिर खान भएको कङ्गना रनौटले आरोप लगाएकी छन् । आमिरलाई ‘सम्बन्धविच्छेदको विज्ञ’ बताउँदै चैतन्य र आमिरबीच भेट भएपछि दुई कलाकारको ब्रेकअप भएको आरोप लगाएकी हुन् ।

सामाजिक सञ्जाल इन्सटाग्राममा कङ्गनाले लेखेकी छन्, ‘जहिले पनि सम्बन्धविच्छेद हुन्छ, त्यसमा गल्ती पुरुषकै हुन्छ । यसलाई रुढिवादी भने पनि भगवानले यसरी नै महिला र पुरुषलाई बनाएका छन् । वैज्ञानिक र आदिमरुपमा पुरुष भनेका शिकारी हुन् र महिला पोषक हुन् । महिलालाई लुगा जसरी बदल्ने यी पुरुषहरूलाई दया देखाउन बन्द गर्नुहोस्, जो आफूलाई प्रिय मित्र बनेको दाबी गर्छन् ।' उनले सम्बन्धविच्छेदमा सयमा एक जना महिलामात्र दोषी हुने पनि उनले दाबी गरिन् । 

त्यस्ता पुरुषहरूलाई मिडिया र फ्यानहरूले उक्साउने गरेकै कारण भारतमा सम्बन्धविच्छेद बढिरहेको उनको आरोप थियो । कङ्गनाले समान्थासँग चैतन्यको सम्बन्धविच्छेदको समयको बारेमा पनि प्रश्न उठाइन् । चैतन्यले चाँडै आमिरसँग लालसिंह चड्डामा बलिउड डेब्यू गर्दैछन् । ‘बलिउडका सुपरस्टार, जसलाई बलिउड डिभोर्स एक्सपर्ट पनि भनिन्छ, सँग सम्पर्कमा आउने बित्तिकै दक्षिणका कलाकारले ४ वर्षअघि विवाह गरेका आफ्नो पत्नीसँग सम्बन्धविच्छेद गर्छन् । ती स्टारले धेरै महिला र बालबालिकाको जीवन खत्तम बनाएका छन्,’ उनले भनिन् ।

हालै मात्र आमिरले पनि १५ वर्षको विवाहपछि किरण रावसँग सम्बन्धविच्छेद गरेका थिए । करिणअघि आमिरले रिना दत्तासँग विवाह गरेका थिए । उता, सामान्था र चैतन्यले विवाहको चौथो वार्षिक उत्सवको ठीकअघि सम्बन्धविच्छेदको घोषणा गरेका थिए । चैतन्यका पिता नागरजुनाले यो ब्रेकअपबाट आफू दुःखी भएको र समान्था जहिले पनि परिवारका लागि प्रिय हुने बताएका छन् ।

हिन्दुस्तान टाइम्स    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप