गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौं महिलाको प्रदर्शन
अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौं हजार महिलाले प्रदर्शन गरेका छन् । शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भए । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो । टेक्सास राज्यले नयाँ कानून ल्याएपछि गर्भपतन सम्बन्धी मुद्दा अमेरिकामा चर्किएको छ । टेक्सासको कानुनअनुसार ६ हप्तापछि गर्भपतन गर्न पाइँदैन ।
गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । वासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा घन्काइरहेका थिए । केही प्रदर्शनकारीहरुको टिसर्टमा १९७३ लेखिएको थियो । सन् १९७३ मा रोय डी वाडेले महिलाहरुले वैध रुपमा गर्भपतन गर्न पाउने निर्णय गरेका थिए ।
‘तपाई कहाँ बस्नुहुन्छ भन्ने अर्थ रहेन । तपाई कहाँ हुनुहुन्छ भन्ने अर्थ रहेन । यो क्षण अध्यारो छ,’ वासिङटन डिसीमा आयोजित -यालीलाई सम्बोधन गर्दै प्लान्ड प्यारेन्टहुडका अध्यक्ष एलेक्सिज म्याक्गिल जोन्सनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादी महाधिवेशन, ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा
-
५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ
-
रोनाल्डोको बारेमा के भन्छन् एमबाप्पे ?
-
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिनेछ : मन्त्री शर्मा
-
रोनाल्डोको पोर्चुगल र एमबाप्पेको फ्रान्सबिच सेमिफाइनलमा पुग्न घम्साघम्सी
-
बेलायतमा पूर्व प्रधानमन्त्री लिज ट्रसले हारिन् चुनाव