अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह, अन्य पदाधिकारीमा सहमति जुट्न बाँकी
अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो ।
‘पार्टी स्थायी समितिले दिएको अधिकार अनुसार अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाउनुभएको छ’, अखिलका वर्तमान अध्यक्ष रञ्जित तामाङले रातोपाटीसँग भने, ‘अरु पदाधिकारीका बारेमा छलफल जारी छ ।’
क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ । तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष रहेका उनी अखिलमा पहिलो महिला अध्यक्ष बनेकी हुन् ।
सुर्खेत निवासी सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली