लुम्बिनीको थप पर्यटन प्रवद्र्धन गर्न आग्रह
आइतबार, १७ असोज २०७८, ०९ : ०६
परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो ।
लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो ।
यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा विश्वमा अहिंसा र शान्तिको सन्देश दिने गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवद्र्धन गर्न र राहदानीमा लुम्बिनीलाई समावेश गराउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका